कैलालीको गौरीगंगा नगरपालिका पाँच दलीय तालाबन्दी जारी, सहमति नहुदा सम्म नखोल्ने

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका पाँच राजनीतिक दलहरूले बुझाएको ६ बुदे मागको बेवास्ता भएको भन्दै नगरपालिकामा सोमबार देखि अनिस्तिकालीन तालबन्दी गरिएको छ नदिजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग विद्यालयमा बिषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगाएतका ६ बुदे मागको बेवास्ता गरिएको भन्दै तालाबन्दी गरिएको छ ।

सोमबार देखि तालाबन्दी गरिएको भए पनि तालाबन्दी खोल्ने र समस्या समाधानको लागि कुनै पनि पहल नगरबाट नभएको राजनीतिक दकका प्रतिनिधिहरु बताउँछन् । हाम्रो निश्चित माग हरु रहेको बार्ता नभए सम्म तालाबन्दी नखोल्ने माअोवादी केन्द्रका नेता देवि दत्त कडेल बताउँछन् नगरप्रमुखले बेवास्ता गरिरहेकाले मागको सुनुवाइ तथा दलीय सहमति नहुदा सम्म तालाबन्दी नखोल्ने समेत बताएका छन् । नगर प्रमुख भिम बहादुर देउवाले भने वार्ता भैरहेको र केही समय पछि समस्याको समधसन हुने बताएका छन् ।

नगरपालिकाले गत आर्थिक वर्षमा ठेक्का सम्झौता नगरि नदीजन्य पदार्थ संकलनको जिम्मा कार्यकर्तालाई दिएपछि व्यापक आर्थिक अनियमितता नगरप्रमुखको संरक्षणमा भएको भन्दै राजनीतिक दलहरुले हिसाब माग गरेका छन् । दलहरूले गत शुक्रबार समेत नगरपालिका तालाबन्दी सहित एक घण्टा धर्ना दिएका थिए । हिजो सोमबार देखि अनिश्चित कालीनि तालाबन्दी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्