असोजको ४ गतेदेखि आफूलाई पायक पर्ने बैंकबाट नयाँ नोट लिन सकिने

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन धेरै लाइन र झन्झट बेहोर्नु नपर्ने जनाएको छ । गएको वर्ष नयाँ नोट वितरण नभए पनि यो वर्ष असोजको ४ गतेदेखि सबै बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुनेछ ।

प्रति व्यक्ति १८ हजार रुपैयाँसम्मका नोट वितरण गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण भइरहेको र सर्वसाधारणले असोजको ४ गतेदेखि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट नोट लिन सक्ने जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्