CORONA

नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौँ– नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । उच्च मनोबलका साथ नेपाली टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे मैदानमा उत्रिँदैछ ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा २–१ गोलले विजयी भएको नेपाल आज पनि जित दोहो¥याउने दाउमा रहने छ । उता बंगलादेश पनि खेल जितेर नतिजा बराबरी बनाउने रणनीतिका साथ मैदानमा उत्रिंदैछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्