एमालेको लगातारको अवरोधपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

File Photo

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्नेछन् ।

एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबार दुई पटकसम्म संसद अवरुद्ध पारेको हो ।

बैठक स्थगित गरेर सभामुखले संसदको गतिरोध हटाउने विषयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेपछि सहमति जुटेन भने दोस्रो पटकको बैठकमा पनि अवरोध जारी रह्यो । त्यसपछि पुनः १५ मिनेटको लागि स्थगित भएको बैठक बस्दै नबसी शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय लिइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्