भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित

काठमाडौं– भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २–१ले पराजित भएको छ । दशरथ रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । खेल हेर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँडलगायत रंगशाला पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्