सुदूरपश्चिममा समाजवादीको बर्चश्व, सोडारीको नेतृत्वमा १३ सांसद द्धारा सनाखत

कैलाली – नेकपा एमाले औपचारीक विभाजन पछि सुदूरपश्चिम प्रदेशमा राजनैतिक सरगर्मी बढेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार एमाले विभाजन पश्चात निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सहभागी हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समय तोक्दा नेकपा एकीकृत समाजवादी पार्टीको बर्चश्व देखिएको छ ।

प्रदेश सभाका १३ जना सांसदले निर्वाचन आयोगमा दस्तखत समेत गरीसकेका छन् । कैलाली निर्वाचन क्षेत्र नं ४ को १ बाट निर्वाचतित सासंद दीर्घ सोडारीको नेतृत्वले एमाले पार्टीलाई ठुलो धक्का लगाएको छ । सोडारीले प्रदेश सभामा प्रमुख दल बन्ने दावि समेत गरिरहेका छन् ।
एमालेका २५ सांसद मध्ये १ जना सभामुख छन् । २४ मध्ये १३ ले एकीकृत समाजवादी रोज्दा ११ जना रहन्छन् । श्रोतका अनुसार खुल्न बाकी २ जनाले बहुमत सासद रहेको दलमा खुल्ने र २२ गते भित्र सनाखत गर्ने तयारी रहेको छ । त्यसो हुँदा एमाले सँग ९ जना मात्रै सांसद रहने श्रोतको दावि छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्