मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेले

काठमाण्डौ – मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।

तर नेपालको अग्रता दोस्रो हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आउँदो आईतवार  दशरथ रङ्गशालामा नै हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्