अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको तालिबान नेताको घोषणा

काठमाण्डौ – अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिउल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको घोषणा गरे ।

अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलवार हामिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलबाट संवाददातासँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिबान समूहको विजय अफगान सबैको विजय भएको’ बताएका अल जजिराले उल्लेख गरेको छ ।

अमेरिकीहरूले सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दाबी गर्दै आउँदा दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कुटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्