छोरी यो कलियुगमा राधा, गोपिनि, रुक्मणी बनेर हैन स्वयम् कृष्ण बनेर बाच्नुछ !

राधा तिमिलाई हर कुरा भन्नू छ
यो समाजमा
तिमीले लगाएका वश्त्रहरुमा
तिम्रो अस्थित्त्व खोजिनेछन्
शरिरको बनावट एकटकले हेर्दै
उमेरको मोलतोल गर्नेछन् ।
यो समाजमा तिम्रो हर लवजहरुले
राधाहरुको चरित्र चित्रण गरिनेछन्
तिम्रा बोली व्यबहारहरु हर ठाउमा
प्रमाणित गर्नै पर्नेछ ।
तिमीलाई अफिस घर परिवार
खै कसरी भनु
 खाट देखि भान्सा पधेरि सम्मै बाध्न  खोज्नेछन् ।
यहाँ खोक्रो शशक्तिकरणको भाषण गर्दै
 कृष्णको ढोङ ओढेका कयौं  रावण पछि लाग्ने छन्
ती निर्मला भागरथि, जस्ता कयौ गोपिनिले
यहिले सम्म  न्याय पाएका छैनन् ।
हाम्रा हर संस्कार अनुसार
गौरा मा पार्वती देबी बनेर हैन स्वयं शिवजि बनेर देखाउनु छ
र त राधा तिमिले
पहिरन सजावट र छालाको रङ् संग दाजिएर हैन
यो कलियुगमा  राधा रुक्मणि र गोपिनि बनेर हैन
 स्वयंम कृष्णा  बनेर बाच्नुछ ।
र आफू पनि हास्नु छ र
अरुलाई पनि हसाउनुछ  ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्