तेह्रथुम पावरको आइपीओमा पहिलो दिन नै गरे साढे पाँच लाखले आवेदन

काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपिओमा पहिलो दिन नै झण्डै साढे पाँच लाख आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार बुधबार साँझ पाँच बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ लाख ३९ हजार ४२० कित्ता शेयर गरिदको लागि आवेदन दिएका छन । यो भनेको मागको ९.९९ गुणा धेरै हो ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म म्याद थप हुने बिक्री एनआईविएल एस क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँदछ । इक्रा नेपालले कम्पनीको आईपीओलाई सन् २०२१ जनवरी ४ मा ग्रेड प्रदान गरेको थियो । उक्त ग्रेडिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्