इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा आर्सनल २–० गोल अन्तरले पराजित

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लुकाकु र रीस जेम्सले एक÷एक गोल गरे ।

जितसँगै चेल्सीले दुई खेलमा ६ अङ्क जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । आर्सनलको यो लगातार दोस्रो हार हो । यस्तै, गएराति भएको अर्को खेलमा टोटेनह्यामले वुल्भस्लाई १–० गोल अन्तरले पराजित गरेको छ ।

अहिलेसम्म खेलेका दुई खेलमा दुवैमा जित निकाल्दै टोटेनह्याम तालिकाको चौथो स्थानमा छ । यस्तै, म्यानचेस्टर युनाइटेड र साउथह्याम्टनले भने एक÷एक गोलको बराबरी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्