तालिबानले काबुल नियन्त्रणमा लिएपछि आइतबार २० जनाको ज्यान गयो

काठमाण्डौ – तालिबानले गएको आइतवार अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल र त्यस आसपास कम्तीमा २० जनाको ज्यान गएको नेटोका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।

ती अधिकारीले भनेका छन्, ‘काबुल विमानस्थलबाहिरको अवस्था खराब छ । हामी सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट बाहिर निकाल्न केन्द्रित छौँ ।’ ‘​तालिबानसँगको कुनै पनि झडपबाट बच्नका लागि हाम्रो सुरक्षा बलले काबुल विमानस्थलको बाहिरी क्षेत्रदेखि दुरी बनाएको छ’, उनले थपेका छन् ।

बेलायती रक्षा मन्त्रालयले यसअघि विमानस्थलबाहिर सात अफगान नागरिकको ज्यान गएको बताएको थियो तर आधिकारिक विवरण दिएको थिएन । बेलायती रक्षा उपसचिवले नागरिकलाई त्यहाँबाट बाहिर निकाल्ने प्रक्रियालाई तीव्रता दिइएको घोषणा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्