नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

काठमाडौँ – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएको छ । सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्री तुम्बाहाङ्फेले सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हाल्नुभएको हो । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको थियो ।

गत पुसमा तत्कालीन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो । शिवमायाले दुई अध्यक्षको आग्रह अनुसार माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्