बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

वाग्मती – बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्कनुभएको छ । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्कनुभएको हो । बयालीस महिना सरकार चलाउनुभएको थियो ।

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पौडेलले बिहीबार सरकारी निवास छाड्नुभएको हो । उहाँले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताउनुभयो । उहाँले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभएको छ । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन हुनुभएको थियो ।

भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा

गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्