यस बर्षकाे अन्तराष्ट्रिय मानववादी पुरस्कार नेपाललाई

काठमाडौँ – मानववादी महासंघ बेलायतले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गरेको छ । हिजो आयोजित महासंघको विश्व भेलाले सो घोषणा गरेको हो । कोरोना महामारीका कारण यस बर्षको विश्व भेला अनलाईनबाट आयोजना गरिएको थियो । उक्त भेलालाई यसबर्ष काठमाण्डौमा आयोजना गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण नेपालको कार्यक्रम स्थगन भएको थियो ।

हिजो आयोजित अनलाईन भेलामा विश्वभरका मानववादीहरुलाई संबोधन गर्दै अन्तराष्ट्रिय मानववादी महासंघका अध्यक्ष एन्ड्रयु कप्सनले सोच नेपालकी पूर्व अध्यक्ष शान्ती गुरुङलाई वहाँले लामो समयसम्म मानववादी अभियानमा सहयोग गरे वापत मानववाद सेवा पुरस्कार प्रदान गर्नु भएको हो । मानववादी महासंघले पहिलो पटक नेपालीलाई पुरस्कार प्रदान गरेको हो । सोही कार्यक्रममा नाईजेरियाका मानववादी अभियन्ता मुबारक बालालाई पनि मानववादी पुरस्कार प्रदान गरिएको छ । मुबारक बाला विगत करिब २ बर्षदेखि वाकस्वतन्त्रा प्रयोग गरेको अभियोगमा जेलमा छन् ।

पुरस्कार ग्रहण गरेपछि उक्त कार्यक्रममा बोल्दै शान्ती गुरुङले आफुले पाएको यो पुरस्कार सम्पुर्ण नेपाली मानववादीहरुप्रति समर्पित गर्नुभयो । वहाँले मानववादी अभियानमा लागेका सम्पुर्ण विश्व मानववादी समाजलाई धन्यवाद समेत दिनु भयो । श्री गुरुङले विश्व मानववादी महासंघको नेपाल सदस्य सोच नेपालको अध्यक्षका रुपमा दुई कार्यकाल बिताउनु भएको छ । विश्व मानववादी महासंघ मानववादी बारे अभियान गर्ने विश्वको एउटै छाता संगठन हो । उक्त महासंघमा विश्वका ६३ देशका संस्थाहरु सदस्य छन् । ति संस्थाहरुमा करिब १७ लाख सदस्यहरु आबद्ध छन् ।

उक्त महासंघ संयुक्तराष्ट्र संघमा नागसिकसँस्थाका तर्फबाट सक्रिय भुमिका निर्वाह गर्दछ । सो महासंघको वर्तमान विश्व समितिमा नेपालका उत्तम निरौला समेत गरि ९ देशका सदस्यहरु चुनाव मार्फत छानिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्