काबुलमा जब उडिरहेको विमानबाट मानिस खसे (भिडियो सहित)

काठमाण्डौ – यो अफगानिस्तानको राजधानी काबुलको विमानस्थलको दृश्य हो ।

जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् । यस भिडिओमा अमेरिकि वायु सेनाको सी–१७ए विमान देखिइरहेको छ । र रनवेमा विमानसँगै दौडिरहेका अफगान नागरिक देखिइरहेका छन् ।

यीमध्ये की यही विमानमा झुन्डिरहे र विमानले उडान भ¥यो । पछि केही व्यक्ति यही विमानबाट तल खसेको पनि देखियो । सोमवार काबुल विमानस्थलमा भागदौडको अवस्था देखियो ।

मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएको देखियो । पछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियो । विमानस्थलमा गोली पनि चलेको थियो, घटनामा केही व्यक्तिको ज्यान गएको खबर पनि आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्