संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् ।

संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्