प्राविधिक शिक्षाको खोजीमा हुनुहुन्छ, उत्कृष्ट गन्तव्य लटिनाथ नमूना मावि

काठमाडौँ – पछिल्लो समय प्राविधिक शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै गएको छ दार्चुलाको लटिनाथ नमूना माध्यमिक विद्यालय । यस विद्यालयले शैक्षिक सत्र २०७८/०७९ का लागि प्राविधिक कार्यक्रमहरुमा भर्ना खुलेको छ । सिमित सिट भएकाले समयमै सिट सुरक्षित गर्न विद्यालयले आग्रह समते गरेको छ । यस विद्यालयमा प्राविधिक धारका ६ वटा कार्यक्रमका लागि भर्ना खुलाइएको छ । १८ महिने प्रि–डिप्लोमा इन प्लान्ट साइन्सको लागि १८ हजार शुल्क निर्धारण गरिएको छ भने १८ महिने प्रि–डिप्लोमा इन भेटेरीनरी साइन्सका लागि ३६ हजार, १८ महिन प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङको लागि ३६ हजार शुल्क निर्धाण गरिएको छ । यस्तै ३६ महिने डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स)का लागि एक लाख २६ हजार, ३६ महिने डिप्लोमा इन एग्रिकल्चर (भेटेरिनरी साइन्स)का लागि एक लाख ६२ हजार शुल्क निर्धारण गरिएको विद्यालययले जनाएको छ । यस्तै ३६ महिने डिप्लोमा इन फोरेष्ट्रिका लागि एक लाख ७१ हजार शुल्क निर्धारण गरिएको छ ।
यस विद्यालयमा छात्रबासको समेत उचित व्यवस्था छ । सम्पूर्ण पूर्वाधारहरुले सम्पन्न यस विद्यालयमा दक्ष विषय विशेषज्ञहरुबाट प्रशिक्षण गराइन्छ । विद्युतीय संचारका सम्पूर्ण सुविधाहरु रहेको यस विद्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण तथा परामर्श सेवाको व्यवस्था छ ।

 

यो पनि पढ्नुहोस्

सीटीईभीटीका ६ प्राविधिक कार्यक्रम सहित यी विषयको पढाई हुन्छ लटिनाथ मावि चौपातामा

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्