कानुनमन्त्रीमा डा. शिवमाया तुम्बाहाङ्फे, आजै दिउँसो ३ बजे सपथ

काठमाडौं – कानुनमन्त्रीमा निवर्तमान उपसभामुख डा‍. शिवमाया तुम्बाहाङ्फे लाई नियुक्त गर्ने सरकारको तयारी छ ।

तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।

तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्