खरिपाटीमा स्थानीयका लागि छुट्टै हेल्थ डेस्क

Sjf/]G6fOgdf t}gfy PDa'n]G; eQmk'/, $ kmfu'g -/f;;_ M eQmk'/sf] vl/kf6Ll:yt ljB't k|flws/0fsf] Sjf/]G6fOg If]qdf t}gfy PDa'n]G; . ;/sf/n] rLgsf] j'xfgaf6 cfOtaf/ ljxfg NofPsf g]kfnLnfO{ :jf:Yo ;d:of cfPdf jf8{df n}hfg k|of]u ul/g] 5 . tl:j/ M /d]z lu/L, /f;;

भक्तुपर – चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।

स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिनुभयो ।

यसैबीच चीनको वुहानबाट नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।

चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइनमा र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई अर्को बसमा नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पु¥याइएको थियो ।

 

Source : NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्