हेलम्बु गाउपालिकामा १ महिना भित्रै बेलिवृज बन्ने, जनताको सेवाको लागि अहोरात्र खटिने अध्यक्ष शेर्पाको प्रतिबद्धता

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकामा बेलिवृज बन्ने भएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातोपुल बगाएको ठाउमा बेलिबृज बन्ने भएको छ ।

भदौ महिना भित्रै बेलिबृज निर्माण सम्पन्न भैसक्ने हेलम्बु गाउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । बाढीले रातोपुल बगाएपछि त्यहाका नागरिकहरु निकै कष्टकर जीवन बिताइरहेका छन् । बाढीले गर्दा सड्क संजाल टुटेपछी सवारी साधन नचल्दा मानिसहरु बिरामी पर्दा अस्पताल जान समेत सकिरहेका छैनन् ।

हेलम्बुको वडा नम्बर १,२,३ जोड्ने पुल साउन १६ गतेको बाढीले बगाएको थियो । यो पुल निर्माण भएपछि मेलम्ची नगरपालिकाको वडा नं. ७, ८ पाचपोखरी गाउँपालिकाको वडा नं. १,२ लगायत विभिन्न वडाका नागरिकले सेवा पाउनेछन ।

साथै थापाटार देखि चुरेटार सम्म यान्त्रिक पुल निर्माणका लागि सर्बे सुरु भएको अध्यक्ष शेर्पाले बताए । पुल बन्ने भएपछि हेलम्बुका नागरिकको खुशी हुन थालेका छन् । अहिले पुल नहुदा आवतजावतमा मात्र हैन दैनिक उपभोग्य सामनहरु समेत ल्याउन नपाउदा हेलम्बुमा निकै समस्या हुन थालेको स्थानियले बताउन थालेका छन् ।

शुक्रबार केन्द्रिय बिपद प्राधिकरणको सिइओ ,सडक बिभाग चरिकोटको प्रतिनिधि, नेपाली सेना लगायतले पुल निर्माण गर्ने स्थानको निरीक्षण गरिसकेको अध्यक्ष शेर्पाले जानकारी दिए । धेरै चुनौतीहरु छन् मेलम्ची देखिनै बाटो छैन, सामानहरु ल्याउन समस्या हुन्छ तरपनी १५÷२० दिन भित्रै पुल निर्माण सक्नेगरी काम गर्ने तयारी भइरहेको अध्यक्ष शेर्पाले बताए । हेलम्बुको जनताको सहजताको लागि आफू अहोरात्र खटिरहेको र खटिरहने अध्यक्ष शेर्पाले प्रतिबद्धता समेत जनाए ।

यो पनि पढ्नुहोस् 

हेलम्बुका बाढी प्रभावितलाई १/२ मिहना भित्र आफ्नै घरमा सार्ने अध्यक्ष शेर्पाको प्रतिबद्धता

सडक सञ्जालबाट टाढा भयो हेलम्बु, वैकल्पिक सडक सञ्चालनमा ल्याईदै

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्