दार्चुलामा रक्षामन्त्री पोखरेलले प्रेमसिंह धामीको बिचार स्मरण गरे : “एक इन्च भूमी पनि छोड्दैनौ”

दार्चुला – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमी अरुलाई एक इन्च पनि नछोडिने बताउनुभएको छ ।

दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय दार्चुलाको कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कुटनीति पहल गरेको छ, पोखरेलले भन्नुभयो, “हाम्रो भूमी न अरुलाई एक ईन्च छोड्छौ, न अरुको एक इन्च जमिन माग्छौ ।”
“हाम्रो नेपालको भूमी मिच्न कदापी दिदैनौ, उपप्रधान तथा रक्षामन्त्री पोखरेलले फेरी थप्नुभयो, भूमी अतिक्रमण सह्य हुँदैन, सहदैनौ ।”

पोखरेलले प्रेमसिंह धामीलाई सम्झँदै भन्नुभयो, ‘‘ प्रेमसिंह धामीले छिमकीले हाम्रो भूमि अतिक्रमण भएको भनेर गुञ्जायमान बनाउनुभयो । अहिले प्रेमसिंह धामीको विचार मरेको छ । हामी प्रेमसिंह धामीका सपना साकार पर्छौं । हाम्रो सीमा क्षेत्र यो हो भनेर छिनोफानो गर्नुपर्छ ।’’ पोखरेलले सीमा विवादमा पहिलोपटक सरकारले पत्र पठाएको पनि उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्