उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सैनिक अधिकारीसहित कालापानी क्षेत्रको भ्रमण गर्ने

दार्चुला –  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबार देखि संचालन भएको महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्ने बताएका हुन् ।

दार्चुला महोत्सवको उद्घाटन गर्न पोखरेल नेपाली सेनाको हेलिककप्टरमार्फत आइतबार दार्चुला सदरमुकाम खलंगा पुगेका हुन् ।

उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालिन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मंसिर १७ गते दार्चुला पुगेका थिए ।

सोमबार हेलिकोप्टरमार्फत उपप्रधान तथा रक्षामन्त्री पोखरेलले व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सैनिक अधिकारीसहित व्यासक्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता समेत बढाइएको छ । उपप्रधान तथा रक्षा मन्त्री कालापानी क्षेत्रको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
पछिल्लो समय भारतले नेपालको भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेपछि विरोध भएको थियो भने सरकारले पनि भूमी आफ्नो भएको दाबी गरेको थियो । चर्को विवाद भइरहेको बेला नेपाल सरकारबाट कालापानी क्षेत्रमा हुने भ्रमणले स्थानीय स्तरमा अर्थपूर्ण रुपमा हेरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्