भारतको उत्तराखण्डका मुख्यमन्त्रीलाई दार्चुलाका युवाको खुला पत्र

माननीय मुख्य मन्त्री पुस्कर सिंह धामी ज्यू

उत्तराखण्ड प्रदेश भारत

मुख्यमन्त्री ज्यू तपाई उत्तराखण्डको मुख्यमन्त्रीमा नियुक्त हुदा मेरो जिल्ला दार्चुला देखि मेची सम्मका नेपाली नागरिकहरुले फेसबुक ट्वीटर मार्फत सामाजिक संजाल रंग्याएका थिए । नेपालबाट करोडौंको बधाईको ओइरो आएको थियो, हुन पनि तपाईप्रती नेपालीहरुको निक्कै आशा थियो । अर्को कुरा हामी धामी जातीहरुको त खुट्टा भुइमा रहेन । तपाई भारतको मुख्यमन्त्री भए पनि हाम्रै जाती कै भएर होला कतिपयले त हाम्रै दाइ भनेर समाजिक सञ्जाल रंगाएका थिर।

मैले धेरै जसो स्टाटस देखे तपाई मुख्यमन्त्री हुदा दार्चुला लगायत सुदूरपश्चिममा भैरहेको सीमा विवाद सुल्झिएर अन्त्य हुनेछ हामी ढुक्क छौ र आशावादी छौ धेरै नेपालीले यस्तै लेखेका थिए। बिड्म्बना तपाई मुख्यमन्त्री भएको दुई महिना नबित्दै दार्चुला जिल्ला ब्यास गाउँपालिकाका जय सिंह धामीले अकालमै महाकालीमा बिलिन हुनुपर्‍यो । यो घटना तपाईले पनि सुनेको हुनुपर्छ जे जस्तो भए पनि भारतीय एसएसबीले तुइन काटेर महाकालीमा बिलिन भएका जय सिंह धामी पनि तपाई कै थरका मान्छे हुन। त्यो घटना सुन्दा अलीकती पनि तपाईको छाती चसक्क भएन र ?

तपाईको सीमा सुरक्षा बल एसएसबीले अमानवीय दानबी व्यबहार गरेको सुन्दा तपाई मन कत्ति पनि दुखेन र ? मान्छे तुईनमा झुन्डिएको देख्दा देख्दै त्यो राक्षसी रुपी एसएसबीले तुईन काटेको सुन्दा त्यो राक्षसी रुपी एसएसबी लाई कारवाही गरिहालु भन्ने तपाई को मनले मानेनर? हामी यस्लाइ यसरी बुझ्छौ निर्दोष जय सिंह धामीको सुनियोजित हत्या थियो । यदि तुईन काट्नु नै थियो भने तुईनमा मान्छे नचढेको बेलामा काटे हुदैन्थ्यो र? के ती जय सिंह धामी आतंककारी थिए र? यस्तै हाम्रो मनमा तपाईमाथि यी प्रश्नहरु खडा भैरहने छन। हुन त हामी तपाईको के नै गर्न सक्छौ र तै पनि जिज्ञासा् राख्ने मन लाग्यो। हुनत हामीले अझै पनि तपाईप्रतीको आशा भने मारेका छैनाैँ । तपाईको फैसलाको बाटो कुरेर बसेका छौ।

माननीय मुख्यमन्त्री ज्यू अब त्यो बर्दीधारी दानव एसएसबीलाई तपाईले के कारर्बाही गर्नु हुन्छ भनी तपाई लाई मुख्यमन्त्री हुदा बधाई दिने हरेक नेपालीले अहिले नियाली रहेका छन। आशा गरेका छौ ती निर्दोष जय सिंह धामीको परिवार लाई क्षतिपुर्ती दिलाउनु हुने छ भन्ने । हुनत न तपाईको फेसबुकसंग जोडिएको छु त्यो घटनाको सम्बन्ध मा कुनै पनि प्रतिक्रिया नदिएको देख्दा साह्रै दुख लाग्यो ।

जय सिंह धामी बस्ने ब्यास गाउँपालिका भौगोलिक हिसाबले निक्कै बिकटता छ तपाईकै देशको बटो भएर सदरमुकाम दार्चुला आउनु पर्छ ।जय सिंह धामीको घटना त एक उदाहरण मात्र हो । सिमाना एसएसबीबाट हरेक सिमामा बस्ने नेपाली हरुले चरम यातना भोग्ने गरेका छन यो बारे हामीले कुन न्यायालय जाने सहेर बस्न बाहेक कुनै बिकल्प नै छैन।

जय सिंह धामीको बिदेश गएर केही पैसा कमाई ती लालाबाला कोपिला हरुलाइ हुर्काएर उनको भबिष्य उज्ज्वल बनाउने सपना एकै छिनमा तपाईको त्यो दानव एसएसबीले तुईन काटेर बिलिन पारिदियो। यो गरुला त्यो गरुला भन्ने जय सिंह धामीका सारा सपना क्षण भरमै महाकालीमा बिलिन भए । कारण त्यही एसएसबी थिए ।

कुरा रह्यो अब जय सिंह धामीले तपाईबाट के न्याय पाउने कि नपाउने? ती बर्दीधारी अमानवीय व्यबहार गर्ने एसएसबीलाइ कार्बाही हुन्छ कि हुदैँन ? के ती जय सिंह धामी आतंककारी थिए र ? जातीयताको नाताले यी प्रश्नहरुको समाधान गर्नु तपाई को धर्म हुनेछ।
हुनत तपाई मुख्यमन्त्री हुदा समाजिक सञ्जालमा मैले पनि कम्ता चुरी फुरी गरेनकि दार्चुलाबासीको लागि खुसीको कुरा पनि थियो किनकि तपाईको पुर्ख्यौली घर धेरै टाढा नभई भारतको उत्तराखण्डस्थित काणलछिना थियो। जय सिंह धामी अस्ताएको ठाउँबाट तपाईको पुर्ख्यौली घर धेरै टाढा पर्दैन ।
मुख्यमन्त्री ज्यू तपाईको थर गोत्र र सहिद जय सिंह धामीको थर गोत्र एउटै पर्छ त्यस कारण पनि हामी आसाबादी छौ तपाईले जातीय हिसाबले पनि यो मुद्दालाई नजिकबाट नियालेर हेर्ने छौ भन्ने मा हामी ढुक्क छौ। अन्त्यमा यदी जय सिंह धामी लाई न्याय दिन सक्नु भएन भने हाम्रो पुस्ताले तपाईलाई धिक्कार्ने छ।

गणेश सिंह धामी. शैल्यशिखर नगरपालिका-६, दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्