उपकार लघुवित्त र रिभर फल्स पावर लिमिटेड आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्ड पुगे

काठमाडौँ – उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेड आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्ड पुगेका छन् । दुबै कम्पनीले साउन १३ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै आवेदन दिएका हुन् ।

उपकार लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।

यस्तै रिभर फल्स पावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्