मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओको लागि २१ लाख भन्दा बढीले दिए आवेदन

काठमाडौँ – मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिनसम्ममा २१ लाख भन्दा धेरैले आवेदन दिएका छन् ।

मंगलबारसम्ममा कम्पनीको आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणमा जम्मा ६ लाख ६८ हजार ७४६ कित्ता शेयर बिक्रीमा ल्याएकोमा हालसम्म परेको आवेदनलाई आधार मन्दा १४ लाख ५० हजार १७९ जना आवेदकको हात खाली हुने देखिएको छ । तर अझै बैंक मार्फत आवेदन दिने कतिपय आवेदकको आवेदन गणना हुन बाँकी छ भने यसमा केहि आवेदन रद्द समेत हुनेछन् ।

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँट गर्ने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्