गुडिरहेको जिपमा पहिरोसहितको ढुङ्गा खस्दा सहचालकको मृत्यु, चालक घाइते

पाल्पा– सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ का २३ वर्षीय आशिष खाँड रहेका छन् । जिपका सह–चालक खाँडको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका स्याङजाबाट बुटवलतर्फ जादै गरेको लु २ च ७३८७ नम्बरको जिप तिनाउ गाउँपालिका वडा नं. ३, रामापिथेकस नजिकै खसेको पहिरोमा परि स्याङ्जाको चापाकोट नगरपालिका–५ का चालक डिलु थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

ढुङ्गासहितको पहिरो खसेपछि उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पहिरोसहितको ढुङ्गा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड स्थानीय र प्रहरीको सहयोगमा एकतर्फी सुचारु भएको पनि प्रहरीले जनाएको छ ।

नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्