प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता, के भयो कुराकानी ?

File Photo

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन् ।

मंगलबार बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा उनीहरूबीच भेटवार्ता भएको हो ।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ । यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आज भेटवार्ता हुने सम्भावना पनि छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्