अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने पूर्व कप्तान पारस खड्काको घोषणा

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन् । पारसले लेखेका छन्, ‘२००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’

नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको उनले बताएका छन् । ‘क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वा गर । मेरो जीवनमा मैले देखेको सपना भनेको नै मैले नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ,’ पारसले लेखेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पु¥याउनेछौं।’ उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुंगिए पनि नेपाली क्रिकेटका आफ्ना सपना भने अझै बामे सर्दै गरेको बताएका छन् ।

’मैदानभित्रका यी दुई दशक जीवन रहुन्जेल मीठो यादका रूपमा मसँग रहनेछन्,’ पारसले लेखेका छन्,’हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने छौं भन्ने विश्वास लिएको छु।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्