काँग्रेस १४औँ महाधिवेश : कार्यतालिका छोट्याएर समयमै सम्पन्न हुने

काठमाडौँ – नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ ।
वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एक÷दुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गरिने काँग्रेसले जनाएको छ । काँग्रेसले भदौ १६ गते १४औँ केन्द्रीय महाधिवेशन शुभारम्भ गर्ने तय गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विभिन्न तहको अधिवेशन हुने दिनलाई छोट्याएर कार्यतालिका छोटो बनाउने जानकारी दिए । अब वडा र पालिकास्तरको अधिवेशन सम्भव भएसम्म एकै दिन र नभए एक दिन मात्र फरक गरिनेछ । यसअघिको कार्यतालिकामा वडा र पालिकास्तरको अधिवेशनमा चार दिनको फरक थियो । यसका साथै जिल्ला र प्रदेशस्तरमा हुने फरक पनि छोट्याइनेछ ।
जिल्लामा पनि प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचनको क्षेत्र र जिल्ला अधिवेशनमा एक÷दुई दिनकै फरकमा गरिनेछ । स्थानीयस्तरको पार्टीको संरचनाको अधिवेशनमा लाग्ने दिन छोट्याउन सके निर्धारित समयमै अधिवेशन गर्न सकिने विश्वास लिइएको छ ।

पार्टीले क्रियाशील सदस्यताका बारेमा देखिएको विवाद ढिलोमा दुई दिनभित्र टुङ्गो लगाउने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्