बिमा कम्पनीहरुको कर्जा बैंकको भन्दा महँगो

काठमाडौं –  बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् । बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरुले बैंकको भन्दा बढी ब्याज असुल्दै आएका हुन् ।

हाल बजारमा बाणिज्य बैंकको ब्याजदर एक अंकमा रहेको छ । तर बिमा कम्पनीहरुले भने १० प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरुमध्ये सबैको ब्याजदर १० प्रतिशतभन्दा बढी छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्