नौ लाख भारु र १८ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

नवलपरासी – नवलपरासी प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका २ का ३५ वर्षीय योगेन्द्र यादव र भारतको उत्तर प्रदेशका २७ वर्षीय समिर खान स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथमा रहेको नौ लाख भारु र १८ लाख ५० हजार रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ परेका नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले बताउनुभयो ।

दुवै जनालाई बर्दघाट नगरपालिका १२ भटौलियाको परासी नारायण चोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएको हो । उनीहरूलाई बरामद रकमसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्