एन्फाभित्र गलत नजिर स्थापित हुन लागेको भन्दै प्रवक्ताद्वारा राजीनामा

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले आज सोमवार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

प्रवक्ताबाट राजीनामा दिनुभएका किरण राईले विभिन्न पक्षबाट भइरहेका गतिविधि बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेस गर्नुभएको छ ।

केन्द्रीय सदस्यसमेत रहनुभएका किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधि दुवै तर्फबाट बन्द गर्न आह्वान पनि गर्नुभएको छ ।
प्रवक्ताबाट हटे पनि केन्द्रीय सदस्य पदमा रहिरहने उहाँले बताउनुभयो ।
एन्फाको नयाँ नेतृत्व चयनका लागि आउँदो वैशाखमा चुनाव हुँदैछ । चुनाव नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्