काठमाडाैँबाट फेसबुक र ट्वीटरमा स्ट्याटस, ब्याँस गाउपालिकावासीकाे पीडा

बाेलेर कसले सुन्छ र भनेर कसले बुझ्छ केवल पिडाहरुले जहा निन्द्रा सङ्गै सपनामा आफै बाँचेकाे देख्छन अनि कटाउछन दिनहरु नदीमाथिकाे जीवन र एक छाक पेट भर्ने ईच्छा पनि,
बर्षाैदेखि यस्तै चलिरहेकाे छ, न कसैले हेर्छ न कसैले बुझ्छ मात्र हाम्राे दैनिकी भएकाे छ त्याे तुईन अनि महाकालली स‌ंगै भारतीय सैनिकहरुले दिएकाे पीडा,अहिले मात्र जयसिहकाे मृत्यु भएकाे नेपालका राष्टिय मिडियाले सुन्याे देखाई दियाे सञ्जाल तिर तर कयाै जयसिहँहरु त्यसै महाकालीमा बिलाएका कथाहरु कति छन कति, मात्र भन्न सकि्छ त्याे पिडा बुझ्न सकिदैन् ।

ब्याँसबासिकाे पिडाहरुकाे बर्णन गर्न सकिदैन सुनाउ भने कति छन कति कहा बाट सुरु गर्ने कहा बाट अन्त्य । सुनाउ भने के सुनाउ
महाकालीमाथि तुईनकाे कहानी भारतीय एसएसबीकाे दादागरिरिकाे ।

बर्षाैदेखिकाे चुनाव एजेन्डा कि तिङ्कर सडक कि टुटि बाल्ने मट्टितेल र सोलार बत्तीकाे
कि सुन्छाै ठगिरहेकाे सञ्चार माध्यमकाे कि सुन्छाै कालापानि लिपुलेक लिम्पियाधुराकाे

भाे मलाई केहि सुनाउनु छैन तपाईहरु नै एक चाेटि ब्याँस बासी भएर बाच्ने काेसिस गरेर देखाउ ।

काठमाडाैँबाट फेसबुक र ट्वीटरमा स्ट्याटस राखेर राष्ट्रबाद देखाएकाे पछुताउने छाै ।
काठमाडाैँमा आन्दाेलनले देखाईएकाे राष्ट्रबादले र फेसबुक ट्वीटरमा स्ट्याटसहरुले ब्याँसबासिलाई मात्र जिस्क्याईरहन्छ,झन झन जिस्क्याईरहन्छ ।

गगन सिहँ बिष्ट
हाल कुवेत ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्