नियात्राकार राजेन्द्रमान डंगोलको नियात्रा संग्रह ‘यात्राका पाइला’ को गृह लोकार्पण

नियात्राकार राजेन्द्रमान डंगोलले लेखेको नियात्रा संग्रह ‘यात्राका पाइला’ को नुवाकोटमा गृह लोकार्पण गरिएको छ । बरिष्ठ साहित्यकार दामोदर पुडासैनी (किशोर) को प्रमुख आतिथ्यता तथा साहित्यकार सुमित्रा सुमीको सभाध्यक्षमा नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ मा उक्त नियात्रा संग्रहको शनिवार गृह लोकार्पण गरिएको हो । कार्यक्रममा साहित्यका आर एम डंगोल, साहित्यकार माधव घिमिरे अटल, रंगकर्मी पुरु लम्साल, पत्रकार श्यामराज पाठक, साहित्यकार केशव पुडासैनी बिमल विशेष अतिथिको रुपमा रहनुभएको थियो ।
नियात्राकार राजेन्द्रमान डंगोलले आफू पर्यटन व्यवसायी भएकाले यात्राका क्रममा देखे भोगेका अनुभूति, परिवेश र हिमवातावरणलाई पुस्तकमा उतारेको बताएका छन । त्रिशूली प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमा दिग्भ्रमित पलहरू, कञ्चनजंगामा छाडेका पाइला, यात्रामा भूकम्पीय त्रासदी, संयोगको भेट, स्मृतिमा सुदूरपश्चिम, डल्फिनसँग झथोरङ्ला ञमा, यार्तुङका अनुभूतिहरू, यादगार अपियात्रा, जेठो हिमालसँगको सहवास र सगरमाथा सुम्सुम्याउँदा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्