युनियन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार कम्पनीको २ करोड १५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६५ लाख ५० हजार कित्ता र संस्थापकहरुको १ करोड ५० लाख ५० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि नेप्सेले ११५ रुपैयाँ १३ पैसा देखि ३४५ रुपैयाँ ३९ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । त्यस अनुसार सोमबार देखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । कम्पनीको शेयरलाई युएलआई (ULI) कारोबार संकेत प्रदान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्