जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालको चेतावनी

FILE PHOTO

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ ।

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराउनु भएको हो । अखिल फोर्सले शनिवार काठमाण्डौमा आयोजना गरेको भेलामा बोल्दै उहाँले भन्नुभयो, ’संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।’

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्