परीक्षा सञ्चालन हुन अगाडी विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन नेविसंघको माग

काठमाडांैँ – नेपाल विद्यार्थी संघले कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको छ ।

विद्यालय तथा विश्वविद्यालयहरूले करिब तीन महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तालिका नै प्रकाशित गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू र कक्षा १२ को परीक्षा सञ्चालनका लागि तालिका आएका छन् । नेविसंघले परीक्षाअगाडि नै विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले कक्षा १२ मा करिब चार लाख विद्यार्थीले परीक्षा दिन लागेको र परीक्षा केन्द्र पनि पर्याप्त नभएकोमा सोको व्यवस्थापन मिलाउन सम्बन्धित पक्षसँग माग गरेका छन् ।

परीक्षा केन्द्रहरूमा पूर्ण रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न तथा गराउन पनि नेविसंघले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्