कोइराला, सिंह र निधीबीच चाक्सीबारीमा भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । शनिबार नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन् । उनीहरुबीच के कुराकानी भयो भन्ने विषयमा खुलाईएको छैन । नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघिको भेटका क्रममा उनीहरुले आफूहरु तीन जनामध्ये एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्