भारतीय एसएसबीले तुइन काटे नकाटेकोबारे प्रारम्भिक विवरण

File Photo

काठमाण्डौ – दार्चुलाको व्यास गाउँपालिका–२ मालमा महाकाली तर्ने क्रममा बेपत्ता जयसिंह धामी अझै फेला परेका छैनन् । हिजो बिहानदेखि बेपत्ता धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।

महाकाली सिमानामा पर्ने बैतडी र कञ्चनपुर प्रहरीलाई पनि आवश्यक खोजीमा सहयोग गर्न भनिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेपछि जयसिंह महाकाली नदीमा खसेर बेपत्ता भएका हुन ।

स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा पुगेर घटनाबारे हिजो नै जानकारी गराएका थिए । लगत्तै भारतीय पक्षसँग कुरा गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँड पनि घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन हिजो बेलुका प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

टनाबारे बुझ्न आज बिहान दार्चुलाका प्रहरी नायब उपरीक्षक डीएसपी वीरसिंह धामीको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्