प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ । सरकार विस्तार र जनताको दैनिक समस्या समाधानका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद् विस्तारबारे बाहिर आलोचना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले चाँडै मन्त्रिपरिषद विस्तारबारे जोड दिएका छन् ।

काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)बीच सत्ता समिकरणमा मन्त्रालयको भागबण्डा लागिनसकेको अवस्थामा कसलाई कुन मन्त्रालय जिम्मेवारी दिने भन्ने विषयमा अझै टुङ्गो लाग्न बाँकी रहेको सत्तारुढ दलका नेताहरुको भनाइ छ । मन्त्रीपरिषद विस्तारको गृहकार्य तीव्ररुपमा भएकाले आउने सोमबार वा मंगलबारसम्म विस्तार हुनसक्ने बुझिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्