दार्चुलाको घटनामा सरकारको मौनता खेदजनक : नेता पाठक

काठमाडौँ – विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले शुक्रबार दार्चुलामा भएको घटनामा सरकारी मौनता खेदजनक भएको बताएका छन् । घटना भएको २४ घण्टा भन्दा बढी वितिसक्दा पनि सरकारी मौनता हुनु खेदजनक भएको बताएका हुन् ।
प्रवक्ता पाठकले शनिबार सामाजिक सञ्जाल मार्फता उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले लेखका छन्, ‘दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको भनिएको यतिका घण्टा भइसक्दा पनि सरकारी मौनता खेदजनक छ ।
मिडियामा आएका खबर अनुसार मानवताविरूद्धको जघन्य अपराध मान्न सकिने यो घटनाको यथार्थ के हो गम्भीरतापूर्वक छानविन गरियोस्। प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग मोदीसँग टेलिफोनमा सिधा कुरा गरेर आपत्ति जनाउन्। दोषीमाथि कडा कारवाही र आइन्दा यस्ता घटना नहूने प्रतिवद्धता मागून् ।’

प्रवक्ता पाठकले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षि नरेन्द्र मोदीसँग टेलिफोन गरि दोषीमाथि कडा कारवाही र आइन्दा यस्ता घटना हुन नदिने प्रतिबद्धजना माग्न पनि आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्