गुल्मीको शान्तिपुरबाट तम्घासतर्फ जादै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं – गुल्मीको शान्तिपुरबाट तम्घासतर्फ जादै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार मध्याह्न मुसीकोट नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५६५ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको हाे ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको प्रहरीले जनाएकाे छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र मृतकको सनाखत हुन बाँकी रहेको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्