दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्य बाशुदेव भट्टको निधन

दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्यको निधन भएको छ ।
मंगलबार राती करिब ११ बजे ह्दयघातका कारण वडा सदस्य बाशुदेव भट्टको निधन भएको वडा सदस्य पदम राज जोशीले बताए । राती खाना खाएर सुतेको केहि बेरमा मृत अवस्थामा फेला परेको परिवारका सदस्यहरुले बताएका छन् । उहाँ कुनैपनि रोगबाट ग्रसित नभएको र एक्कासी निधन भएकोले दुःख व्यक्त गरेका छन् । उहाँ खाना खाएपछि टाउको दुखेको भन्दै आराम गर्दै ओछ्यानमा गएको र त्यसको केहि बेरमै मृत्यु भएको परिवारले बताएका छन् ।
उहाँ विक्रम संवत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन् । उहाँ राजनीतिक क्षेत्र सँगै समाजसेवीको रुपमा समेत चिनिदै आएका छन् । उहाँलाई मुखिया भनेर समेत गाउँमा चिन्ने गरिन्छ । उहाँका ३ छोरा र १ छोरी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्