दार्चुलाको महाकाली नगरपालिका केन्द्र खलंगामै विद्युतका काठे पोलहरु जीर्ण, सरोकारवाला मौन

दार्चुला- दार्चुलाको सदरमुकाम तथा महाकाली नगरपालिकाको केन्द्र खलंगामै विद्युतका पोलहरु लामाे समयदेखि जीर्ण अवस्थामा छन् । नगरपालिकाको वडा नं. ४ बाँगाबगड सौका समुदायको देवस्थानसँगै रहेका ३/४ वटा काठे पोलहरु कुहिएर जीर्ण अवस्थामा रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण, दार्चुला तथा महाकाली नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु नै मौन बस्दा यी पोलहरु जस्ताको त्यस्तै जीर्ण अवस्थामा रहेका छन् ।

दिनहुँ जसो बर्षा भइरहेको यो परिस्थितिमा समेत यी पोलहरु परिवर्तन नभए दुर्घटना निम्त्याउन सक्ने सम्भावना रहेको छ । नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम समेत रहेको उक्त ठाउँमा अझै पनि काठे पोलहरुको भरमा स्थानीयले विद्युत उपभोग गरिरहेका छन् ।

पोलहरु अत्यन्तै पुराना, जीर्ण र कुहिएका हुँदा सामान्य हावा, बतास र पानी परेको बेला समेत डाँडाको लिंगे पिङ झै हल्लिने गरेकाले बेलैमा सम्बन्धित निकायले सक्दो छिटो पोल प्रतिस्थापन नगरे १ दर्जन बढी घरहरू जोखिममा रहेका छन् ।

दार्चुला जिल्लामा पहिलो पटक ठुलो जलविद्युत आयोजनाको रुपमा २०४९ सालमा विद्युत उत्पादन थालेको डुङरी जलविद्युत आयोजनालाई प्रसारण गर्नका लागी प्रयोग गरीएका तीन दशक पुराना केहि काठका पोलहरु अझै फेरीएका छैनन् । निजि स्वामित्तमा २०४९ सालमा उत्पादन गरीएको डुङरी जलविद्युत आयोजनाको विद्युतलाइ प्रसारण गर्नका लागी तत्कालिन समयमा काठका पोलहरुको प्रयोग गरीएको थियो ।

स्थानीयहरुले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई स्थलगत निरीक्षण गरि पोल प्रतिस्थापन गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

 

तस्बिर श्रोत  : फेसबुक Mohan Dhami

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्