बुद्ध एयरका दुई जहाज काठमाडौंमा आकस्मिक अवतरण

File Photo

काठमाडौं – काठमाडौं त्रिभुवन विमानस्थलबाट उडेका बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् । काठमाडौंदेखि धनगढीका लागि उडेको बुद्धको एक जहाज ल्यानडिङ गिअरको प्राविधिक समस्याले गर्दा बिचबाट फर्किएर काठमाडौं अवतरण गरेको त्रिभुवन विमान स्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
ल्याडडिङ गर्दा गिअरको समस्याको कारण सुरक्षित अवतरणको लागि अहिले बेलुका ६ बजेर ३ मिनेट जाँदा अवतरण भएको उनले बताए । । यसैगरी, अर्को जहाज पनि साँझ ७ बजे काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि विरामीलाई काठमाडौं नै फिर्ता ल्याइएको उनले जानकारी दिए । यसमा जहाजको प्राविधिक समस्या नभइ यात्रुका कारण फकाईएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्