पछिल्लो २४ घण्टामा एक हजार ५३९ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार ५३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५० जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७१३ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्