प्रचण्डले नेपाल र देउवासँग भेटवार्ता गरे, यी विषयमा भयो छलफल

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए । प्रचण्डले एमाले र सत्तासीन गठबन्धनको दोबाटोमा रोकिएका नेता नेपालसँग करिब एक घण्टा कुराकानी गरेका थिए । एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहदा सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गरेका हुन् । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आज छलफल गरेका थिए । सरकार बनेको १० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

गठबन्धनसँग आबद्ध एमालेको माधव र जसपाको उपेन्द्र पक्षले समय मागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्