बैतडीको मेलौलीमा एक महिलाको शव वेवारिसे अवस्था, अनुसन्धानका लागि प्रहरी घटना स्थलमा

बैतडी – बैतडीको मेलौली नगरपालिका ७ ल्वाथलीमा एक महिलाको शव फेला परेको छ । अन्ताजी ३६ वर्षीय महिलाको शब शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बाटो भन्दा २ सय मिटर तल बेवारीसे अवस्थामा शव फेला परेको हो । इलाका प्रहरी कार्यालय तस्वदेहीको टोली घनास्थलमा पुगीसकेको र जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि प्रहरीको टोली गइरहेको छ । शब कस्को हो र के कती कारणले मृत्यु भएको सोको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्