मोटरसाइकलको ठक्करले कञ्चनपुरमा श्रीमानको मृत्यु, श्रीमती घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको छ ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकी खनाकी श्रीमती विष्णु खुनाको उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालक वेदकोट नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय धनबहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्